
जेठ १९
रुन्खादह माध्यमिक विद्यालय गुल्मीमा चेतनामूलक नाटक प्रदर्शन गरिएको छ । विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको अबसरमा बिद्यालयका शिक्षक र बिध्यार्थीले सुर्तीजन्य पदार्थ विरुद्ध नाटक प्रदर्शन गरेका थिए ।
“बालबालिकालाई सुर्ती उद्योगको हस्तक्षेपबाट जोगाउ” भन्ने मुल नाराका साथ हिजो विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस, मे ३१,२०२४ को अवसरमा रुन्खादह माध्यमिक विद्यालय गुल्मीदरवार ४,बीरबास, गुल्मीद्वारा आयोजित चेतनामूलक नाटक No Tobacco , Tobacco विद्यालयको सभाहलमा एक कार्यक्रम बीच प्रदर्शन गरिएको हो।
उक्त नाटकमा २६ जना कलाकार भाइबहिनीहरुले विभिन्न पात्रहरुका भुमिकामा अभियान गरेका थिए । उक्त नाटकको लिपि लेखन, निर्देशन र संयोजन शिक्षकद्वय बम बहादुर बस्नेत र रामचन्द्र बि क ले गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गुल्मीदरबार गाउँपालिका स्वास्थ शाखा प्रमुख एवं आजका निमित्त प्रशासकीय अधिकृत नारायण प्रसाद अर्याल ज्युले नसर्ने रोग एवं धूम्रपान एवं सुर्तीजन्य पदार्थको प्रयोगले लाग्ने रोगहरु र त्यस्ता रोगबाट बच्ने उपायहरु बारेमा आफ्नो भनाइ सहित कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको बीचबीचमा विद्यार्थीहरुद्वारा प्रदर्शन गरिएका नृत्य र गितहरुले दर्शकमाझ थप मनोरञ्जन प्रदान भएको थियोे ।नाटकमा सहभागी विभिन्न पात्रहरु लाई हौसला स्वरुप विद्यालयको तर्फबाट प्रमाणपत्र प्रदान गरिएको थियो ।उक्त कार्यक्रमका सभापति एवं विद्यालयका प्रधानाध्यापक श्री देब बहादुर पाण्डेले आफ्नो मन्तव्य सहित स