असार ३
छत्रकोट गाउँपालिका गुल्मीको आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसहमतिमा पारित भएको छ ।
आज गाउँपालिकाको १८ औं गाउँसभाको पहिलो बैठकमा अध्यक्ष राम प्रसाद पाण्डेयले प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसहमतिमा पारित भएको हो ।
कृषक संग कृषि तथा पशु प्राबिधिक अभियान, गत बर्ष कृषि एम्बुलेन्स भनिएकोमा,यस पटक “कृषि दुत”को प्रबन्ध गर्ने, “छत्रकोट घुमौ अभियान”, जिपलाईन, छत्रकोट राम मन्दिर झोलुङ्गे पुल, झाडी बुट्यान हटाउने, कुकुर बन्ध्याकरण, सहकारी सम्बन्धी बिभिन्न नीति, “श्रम बैक” स्थापना, एकिकृत खेती, बिभिन्न प्रोत्साहन, बिभिन्न आयोगका तयारी कक्षा संचालन, बिध्यार्थीका बिभिन्न प्रोत्साहन लगायतका धेरै नीति तथा कार्यक्रम पूरानैले निरन्तरता पाएका छन ।
अत्यावश्यक र प्राबिधिक हिसाबले उपयुक्त देखिए बाहेक बाटोको नयाँ ट्रयाक नखोल्ने, टोल बिकास संस्थालाई परिचालन गर्ने, पल्लिकोटमा “होम स्टे” संचालन गर्ने, जस्तापाताको छानो भएका कक्षाकोठामा फल्स सिलिङ्ग र बिद्यालयको रंगरोगन गर्ने, बाँझो जग्गा ब्यवस्थापन गरि गाउँपालिकाले नै छत्रकोट कृषि सिकाई तथा अनुसन्धान केन्द्रको रुपमा अगाडी बढाउने, छत्रकोटकै बहुचर्चित बागवानी ब्यवस्थित गर्ने, नमुना सुन्तला बगैचा स्थापना, मौरिपालन कार्यक्रम लगायतका केहि नयाँ नीति, आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम समाबेस भएका छन ।
नीति तथा कार्यक्रमको छलफलको क्रममा सभासद केशबराज कडेलले सुन्तला उत्पादन कार्यक्रममा श्रृङ्गा पनि समेट्नु पर्ने, एकल पुरुषको लागि पनि केहि कार्यक्रम राख्नु पर्ने, असल छोरा बुहारी सम्मान लगायतका कार्यक्रम पनि गाउँपालिकाको नीतिमा समाबेस गर्न माग गर्नु भएको थियो ।
पारित गरिएका १ सय ३१ नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, सडक स्तरोन्नती प्राथमिकतामा परेका छन । गत बर्ष पनि नीति तथा कार्यक्रममा समाबेस गरिएका धेरे नीति र कार्यक्रमले यस बर्ष पनि निरन्तरता पाएका छन, तर ती केहि नीति तथा कार्यक्रमको कार्यान्वयनको सुरुवात समेत हुन सकेका छैनन ।