असार ३
राष्ट्रिय युवा संघ छत्रकोट गाउँपालिका कमिटी गुल्मीले छत्रकोट गाउँपालिकामा १० बुंदे माग पत्र बुझाएको छ ।
गाउँपालिका गुल्मीको आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रमको पूर्वसंध्यामा आज राष्ट्रिय युवा संघ छत्रकोटका अध्यक्ष किरण न्यौपानेले गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयलाई माग पत्र हस्तान्त्रण गर्नु भएको हो ।
युवा संघ छत्रकोटले एक वडा एक उत्पादन गर्ने नीति ल्याउनु पर्ने, उत्पादनमा आधारित अनुदानको ब्यवस्था गर्नु पर्ने, स्थानिय सरकारले स्थानिय सहकारि संग सहकार्य गरि कार्यक्रम गर्नु पर्ने, नतिजाको आधारमा शिक्षकलाई थप प्रोत्साहन भत्ताको ब्यवस्था गर्नु पर्ने, खेल प्रशिक्षकको ब्यवस्था गर्नु पर्ने लगायतका माग गरेको छ ।
माग पत्र बुझ्दै गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले मागहरु सकारात्मक भएको बतउदै केही नीति तथा कार्यक्रमले समेट्न सक्ने र केहिलाई आगामी बजेटले सम्बोधन गर्ने बताउनु भयो ।
माग पत्र हस्तान्त्रण कार्यक्रममा नेकपा एमाले छत्रकोटका अध्यक्ष पिताम्बर अर्याल लगायतका युवा नेताहरुको समेत उपस्थिती रहेको थियो ।