असार १३
माध्यमिक शिक्षा परिक्षा एसईईमा श्रृङ्गा जनता माध्यमिक बिद्यालय छत्रकोट गाउँपालिका ४ श्रृङ्गा गुल्मीका प्रशान्त कडेल ३.८४ जिपिए अंक सहित गाउँपालिका प्रथम भएका छन ।
यसै बिद्यालयका प्रबेश अर्याल ३.७८, प्रितम अर्याल ३.७४ र निमेस पन्थले ३.६६ जिपिए अंक सहित ए प्लस सहित ११ जना बिध्यार्थी उतिर्ण भएका छन । श्रृङ्गा जनता माध्यमिक बिद्यालयबाट एसईईमा परिक्षामा २१ जना बिध्यार्थी सहभागी भएका थिए । समग्रमा यस बिद्यालयबाट ५२.३८ प्रतिशत बिध्यार्थी उत्तिर्ण भएका छन ।
यस्तै एसईईमा परिक्षामा ३० जना बिध्यार्थी सहभागी गराई २२ जना उत्तिर्ण भएर ७३.३३ प्रतिशत बिध्यार्थी उतिर्ण भई जनजागृती माध्यमिक बिद्यालय छत्रकोट गाउँपालिका १ हुँगा गाउँपालिका प्रथम भएको छ ।
यस्तै गाउँपालिका भरिमा ७ जना बिध्यार्थीले ३.६ जिपिए भन्दा माथीको अंक प्राप्त गरि ए प्लस ग्रेड प्रप्त गरेका छन । जसमा श्रृङ्गा जनता माध्यमिक बिद्यालयका ४ जना प्रशान्त कडेल ३.८४, प्रबेश अर्याल ३.७८, प्रितम अर्याल ३.७४ र निमेस पन्थले ३.६६ सरस्वती माबि भेडुवाबाट अनुप सुनारले ३.७९ जिपिए, आदर्श माबि दिगामका अशोक अर्यालले ३.७८ जिपिए र मैनडाँडा माबि हर्दिनेटाका मोहीत अर्यालले ३.६८ जिपिए अंक प्राप्त गरि ए प्लस ग्रेड प्रप्त गरेका छन ।
छत्रकोट गाउँपालिका भित्रका १ संस्थागत सहित १० वटा बिभिन्न बिद्यालयबाट माध्यमिक शिक्षा परिक्षा एसईईमा २ सय ८९ सहभागी भएका थिए । जसमध्ये १ सय ५७ बिध्यार्थी उत्तिर्ण भएका छन । यो कुल सहभागी संख्याको ५४.३२ प्रतिशत उतिर्ण संख्या हो ।