भदौ २५
छत्रकोट गाउँपालिका गुल्मीको आर्थिक बर्ष २०८०/८१ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
आज मंगलबार सम्पन्न भएको समिक्षा कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गत आर्थिक बर्षमा विनियोजन गरिएका योजनाको कार्यान्वयनको बिषयमा छलफल भएको थियो । विनियोजित योजनाहरुमध्ये अधिकांश योजनाहरु कार्यान्वयन भई भुक्तानी समेत भएको, प्रशासन चुस्त रुपमा संचालन भइरहेको, बिषयगत शाखाहरुको काम सन्तोषजन रहेको निष्कर्ष निकालिएको प्रमुख प्रशासकीय अधिकृत विर बहादुर पुनले जानकारी दिनुभयो ।