युगराज बस्याल, गुल्मी ,
असार ४ –
छत्रकोट गाउपालीका गुल्मीमा सामुदायिक बिद्यालयमा गठित बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी र प्रधानाध्यापकहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गाउपालीकाको वडा नम्बर १, २, ३ र ४ का केहि प्राथमिक बिद्यालय बाहेक सबै बिद्यालयको सहभागितामा अन्तरक्रिया गरिएको हो ।
सामाजिक बिकास समितिका संयोजक डिलाराम न्याउपानेको अध्यक्षतामा गरिएको अन्तरक्रियामा छत्रकोट गाउपालीकाको शिक्षा ऐनका बिषयमा पनि छलफल भएको थियो ।
बिद्यालयको समग्र बिकास र शैक्षिक उपलब्धि बृद्धिको बिषयमा अन्तरक्रियामा छलफल गरिएको थियो ।
श्रृङगा जनता माध्यमिक बिद्यालयको प्राङगणमा सम्पन्न कार्यक्रममा गाउपालीका अध्यक्ष मधुकृष्ण पन्तको प्रमुख आथित्यता साथै बिकासचन्द्र खरेलले सन्चालन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै गाउपालीका अध्यक्ष पन्तले बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र प्रधानाध्यपकले नेतृत्वदायि भुमिका निर्वाह गर्दै शिक्षक स्टाफलाइ उत्प्रेरित गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रमको सहजिकरण शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ज्ञवाली र श्रोत व्यक्ति धर्माङगत ज्ञवालीले गर्नुभएको थियो ।
समापन समारोहको अध्यक्षता श्रृङगा जनता माध्यमिक बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमनाथ कंडेलले गर्नुभएको थियो । शिक्षा युवा तथा खेलकुद शाखा ले अन्तरक्रिया कार्यक्रम अन्य वडामा पनि गर्ने बताइएको छ ।
गत जेष्ठ ३० गते शिक्षा बिकास योजना गुल्मी क्षेत्र नम्बर १ को छत्रकोट गाउपालीका गुल्मीमा बसेको बैठकले पनि शिक्षकहरुको क्षमता अभिबृद्धिको लागि क्षेत्र नम्बर १ मा असार ५ गते देखि १२ गते सम्म अन्तरक्रिया गर्ने निर्णय गरेको थियो जसअनुसार भोलि अर्थात असार ५ गतेदेखि बिभिन्न बिद्यालय तथा बिभिन्न स्थानहरुमा अन्तरक्रिया हुदैछ ।
गत फागुन २३ गते परराष्ट् मन्त्री प्रदिप कुमार ज्ञवालीले क्षेत्रीय शैक्षिक गुणस्तर, अभिमुखिकरण बृद्धि , अभियान्ताहरुलाई संगठित गर्दै शिक्षा बिकासमा लाग्न प्रेरित गर्नुभएको थियो ।
कार्यक्रमको सहजिकरण शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ज्ञवाली र श्रोत व्यक्ति धर्माङगत ज्ञवालीले गर्नुभएको थियो ।