काठमाडौ –
असार ६ , नेपाली काँग्रेसले असार २२ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।
पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको समीक्षा लगायतका विषयमा छलफल गर्न काँग्रेसले केन्द्रीय समिति बैठक
बोलाएको हो ।
बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली काँग्रेसको नियमावली, २०७६ माथि छलफल, भातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा छलफल गरिने काँग्रेसले जनाएको छ ।