काठमाडौं
असार १९,
सरकारले आम नागरिकको स्वास्थ्यको ख्याल गर्दै भारतबाट आयात भइरहेको विषादीयुक्त तरकारीमा रोक लगाइएको जानकारी दिएको छ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आफ्नो देशका उत्पादित तरकारी रोकिएको सम्बन्धमा भारतले देखाएको असन्तुष्टि बारे बोल्नुभएको हो ।
भारतले नेपालको सीमा नाकामा सुरु गरिएको तरकारी र फलफूलको विषादी परीक्षण नगर्न सरकारलाई आग्रह गरेको थियो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै नेपालस्थित भारतीय दूतावासले नेपालको सीमा नाकामा आइपुगेका आफ्ना देशको कृषिजन्य उत्पादन बोकेका सवारी साधन नरोक्न आग्रह गरेको थियो ।
भारतीय दूतावासले विषादी परीक्षण गर्नुको कारण पुष्टि गर्न पनि आग्रह गरेको थियो ।
यही सन्दर्भमा मन्त्री बास्कोटाले सरकारको धारणा ल्याउनु भएको हो ।
मन्त्री बास्कोटाले नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने सबै कुरा विषादी रहित हुनुपर्ने अडान राख्नुभएको छ। उहाले चीन र भारत जहाँबाट आए पनि विषादी रहित तरकारी आउनुपर्ने बताउनुभयो ।