स्याङ्जा
भदौ १० –
स्याङ्जा मा डेंगु फेला परेको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका २ का ३२ वर्षीय एक जना पुरुष मा डेंगु फेला परेको छ ।
जिल्ला अस्पताल स्याङ्जामा भदौ ५ गते भर्ना भएर उपचार गरिरहेको एक व्यक्तिमा डेंगु फेला परेको जिल्ला अस्पताल स्याङ्जाले जानकारी दिएको छ ।
डेंगु संक्रमित व्यक्तिको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
डेंगू लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो रोग एडिस एजिप्टि जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो ।
यो लामखुट्टे ग्रामीण क्षेत्रको तुलमा शहरी क्षेत्रमा धेरै पाइन्छ । स–साना पानीको पोखरीमा यसले फुल पार्ने गरेको जिल्ला अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर बुद्धीसागर अधिकारीले जानकारी दिनुभयो ।
वर्षाको पानी जम्ने स्थानहरुमा यसले फुल पार्दछ ।