जेठ १
अखिल नेपाल महिला संघ छत्रकोट पालिका कमिटीले अग्निपिडितलाई राहत दिएको छ ।
अध्यक्ष गंगा पन्थको नेतृत्वमा अनेम संघले सोमबार छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयलाई राहत रकम हस्तान्तरण गरेको हो । अनेम संघले छत्रकोट पालिका कमिटीले पालिका भित्रका अग्निपिडितकोलागि नगद २३ हजार ९ सय १५ रुपैया एकद्वार प्रणालीबाट राहत दिन गाउँपालिकालाई राहत रकम हस्तान्तरण गरेको अनेम संघ अध्यक्ष गंगा पन्थले बताउनु भयो ।
राहत रकम बुझ्दै गाउँपालिका अध्यक्ष पाण्डेयले अनेम संघ छत्रकोट पालिका कमिटीलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । वैशाखमा डढेलो बस्तिमा पस्दा दौंघा,हुँगा लगायतका ठाउँमा बिभिन्न ब्यक्तिको धन सम्पत्ती क्षती भएको थियो ।