जेठ १९
आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको दिन । राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको २३ पूरा भएको छ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो ।
राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै प्रकरणमा हत्या गरिएको थियो ।
घटनामा धेरै घाइते भएका थिए । दरबार हत्याकान्डमा षडयन्त्र भएको भनिदै आएको छ । तर यो षणयन्त्र कसले गर्यो रु भन्ने रहस्य अहिलेसम्म बाहिर आउन सकेको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले गत वर्ष प्रतिनिधिसभामै दरबार हत्याकाण्डसहितका वीभत्स हत्याकाण्डहरूबारे नयाँ शिराबाट अनुसन्धान हुनुपर्ने बताएका थिए । उनले बेलाबेलामा दरबार हत्याकाण्डबारे छानबिन गर्ने बताउँदै आएका छन् ।