वैशाख ३१
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।
देशका पहाडी भू–भागका थोरै स्थानमा साथै तराई भू–भागका केही स्थानमा मेघगर्जन चट्याङ हावाहुरीसहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।