असार १३
बढीमा दुई विषयमा एनजी हुने बिध्यार्थी आउँदो साउन १८ र १९ गते हुने ग्रेडु वृद्धि परीक्षामा सहभागी हुन पाउने भएका छन ।
एक महिनामै नतिजा प्रकाशन हुने भएकोले उनीहरू ग्रेडिङु भएमा यही वर्ष कक्षा ११ मा भर्ना हुन पाउँछन् । दुईभन्दा बढी विषयमा ननग्रेडिङु मा पर्ने विद्यार्थीले भने आउँदो वार्षिक परीक्षामा सहभागी हनुपर्नेछ ।
यस्तै एसईई परिक्षा नतिजाको अनलाइनबाटै पुनर्योग निवेदन सकिने छ । यस वर्षदेखि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्था मिलाएको राष्ट्रिय परीक्षा बोर्डका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने उहाँले बताउनुभयो ।