गुल्मी – अहिले देशभर वर्षा भइरहेको छ । हिमाली क्षेत्रहरु लगायत पहाडि क्षेत्रहरुको उच्च भागमा हिमपात भएको छ ।गुल्मीको ऐतिहासिक तथा धार्मिक स्थल रेसुङ्गामा पनि हिमपात भएको छ । बुधबार बिहान ३ बजेदेखि हिमपात भइरहेको हो । हिमपात भएसगै चिसो बढेको छ । अहिले सदरमुकाम तम्घास लगायत आसपासका क्षेत्रमा पानी परिरहेको छ । चिसो अत्यधिक मात्रामा बढेको छ ।