कक्षा १२ सम्मको शिक्षा निःशुल्क र तीन सय शैया बढीका अस्पतालमा नर्सिङ र चिकित्सा शिक्षा अध्यापनको घोषणा हुदै ।
मंसिर २७
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने सोचमा सरकार रहेको बताएका छन् ।
हिजो सिन्धुपाल्चोकको चौतारा–८ स्थित एक बिध्यालयको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बस्नेतले भने, “१२ कक्षासम्म निःशुल्क पठनपाठनको व्यवस्था गर्ने तयारीमा सरकार रहेको छ” ।
मन्त्री बस्नेतले चिकित्सा शिक्षालाई सबैको पहुँचमा पुर्याउने अभियानमा आफू लागेको बताउँदै तीन सय शय्या भएको अस्पतालमा नर्सिङ र तीन सयभन्दा माथिका अस्पतालमा चिकित्सा शिक्षा अध्यापनको अनुमति दिइने जानकारी दिए ।
आर्थिक अभावमा कुनै पनि विद्यार्थी पढ्नबाट वञ्चित हुने अवस्था नआओस् भनेर कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने सोचमा सरकार छ । त्यसको घोषणा चाँडै हुनेछ ।”