पाल्पा
जेठ २२ – तीन दिनअघि मृत्यु भएका पाल्पाका ४० वर्षका पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएसगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संङख्या १० पुगेको छ ।
पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि पठाइएको थियो । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।