असार १२
गुल्मीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि छ अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेका छन् ।
दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहले सोमबार एकै दिन छ अर्ब ७२ करोड ५४ लाख ५७ हजार ६८२ रुपियाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।
यहाँको रेसुङ्गा नगरपालिकाले सबैभन्दा बढी बजेट सार्वजनिक गरेको छ । यस नगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका विभिन्न क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि बजेट ल्याइएको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । उहाँका अनुसार यस नगरपालिकाले कूल ७८ करोड ३५ लाख पाँच रुपियाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
मुसिकोट नगरपालिकाले कूल ६९ करोड ६० लाख ९७ हजार ४२५ रुपियाँ बजेट सार्वजनिक गरेको छ ।
रुरुक्षेत्र गाउँपालिकाले ५६ करोड ९१ लाख ७८ हजार रुपियाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो ।
छत्रकोट गाउँपालिकाले ५५ करोड ३६ लाख ८७ हजार ५२३ रुपियाँ बराबरको बजेट ल्याएको छ ।
गुल्मीदरबार गाउँपालिकाले ४५ करोड ९३ लाख आठ हजार रुपियाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
धुर्कोट गाउँपालिकाले ५६ करोड २५ लाख ९० हजार ८९२ रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
मदाने गाउँपालिकाले ५० करोड ३८ लाख ९२ हजार रुपियाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले बताउनुभयो ।
मालिका गाउँपालिकाले ५५ करोड ९२ लाख ५४ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
इस्मा गाउँपालिकाले ४५ करोड ५० लाख २९ हजार रुपियाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको बताइएको छ ।
चन्द्रकोट गाउँपालिकाले ५० करोड ३४ लाख १० हजार ३४२ रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
सत्यवती गाउँपालिकाले ५३ करोड ८५ लाख आठ हजार ५०० रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
कालीगण्डकी गाउँपालिकाले ५४ करोड नौ लाख ९७ हजार रुपियाँ बराबरको बजेट ल्याएको छ ।