रामकृष्ण कंडेल / गुल्मी
गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ गौडाकोट म्यालपोखरीमा अल्ट्रो कार दुर्घटना भएको छ ।

ग १ ज ५२८० नम्बरको कार शुक्रबार पोखरा देखि तम्घास प्यासेन्जर छोडेर शनिबार तम्घास देखि पोखरा जादै थियो । दुर्घटनामा मानवीय क्षति भएको छैन । स्मरण रहोस शुक्रबार पनी सोहि ठाउँ बाट ग १ च ७५४७ नम्बरको बोलेरो जिप पनि पल्टिएको छ ।

दुबै दुर्घटना मा मानविय क्षति भएको छैन ।सडक चिप्लो भएको कारण दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ ।
