कालिदास आत्रेय
दौघा /गुल्मी
गुल्मीको छत्रकोट गाउपालिका वडा नम्बर ६ दौघामा जेष्ठ नागरिक सम्मान ,स्वास्थ्य स्वयमसेबिका सम्मान र युवाहरुलाई खेलकुद सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ ।

वडा कार्यालय दौघाको आयोजनामा गरिएको कार्यक्रममा १२ जना जेष्ठ नागरिक र ११ जना स्वास्थ्य स्वयमसेबिकालाई सम्मान गरिएको हो ।

यस्तै साबिकका नौ वटै वडाका खेल समुहलाई खेलकुद सामाग्री बितरण गरिएको छ ।

वडाअध्यक्ष थम्मन ज्ञवालीको अध्यक्षतामा गरिएको कार्यक्रममा पुर्व गाविस सचिब जुद्ध बहादुर पछाईको आथित्यता रहेको थियो । वडा सदस्य कृष्ण बहादुर रेस्मीको स्वागत मन्तव्यसगै सुरु भएको कार्यक्रममा मान बहादुर थापा र नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयका प्रधानाध्यापक लक्ष्मण ज्ञवाली लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सन्चालन वडा सचिव कमल लम्सालले गर्नुभएको थियो ।