गुल्मी/माघ ५
गुल्मीको धुर्कोट गाउँपालिकामा फेरि भेटौला तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार धुर्कोट गाउँपालिकाको सभाहल बर्बोटमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीलाई विदाई तथा नव आगन्तुक कर्मचारीहरू अशोक खनाल, रोसन खनाल र गोविन्द खत्रीलाई स्वागत गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थी धुर्कोट गाउँपालिकामा करिव ३ वर्ष सम्म सेवा गरि कञ्चन गाउँपालिका रूपन्देहीमा सरूवा हुनुभएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षता, वडा नंम्बर ७ का वडा अध्यक्ष हिम प्रसाद पन्थी तथा समाजसेवी मीन बहादुर पाण्डेको आतिथ्यता रहेको थियोे ।

कार्यक्रमको सञ्चालन अधिकृत खड्क बहादुर थापाले गर्नुभएको थियोे ।