राधा पाख्रेल
गुल्मी ,जेठ २२ – गुल्मीको धुर्कोट गाउपालीकाको क्वारेन्टाइनमा रहेका र जोखिम समुदायका व्यक्तिहरुलाई मनोसामाजीक प्रशिक्षण दिइएको छ ।
नेपाल रेडक्रस सोसाइटी र धुर्कोट गाउपालीकाको संयुक्त आयोजनामा तयार गरिएको आपतकालीन स्वास्थ्य प्रतिकार योजना २०७५ अनुसार प्रशिक्षण दिइएको हो । हिजो जेठ २१ गतेदेखि सुरु गरिएको प्रशिक्षण एक हप्तासम्म जारी रहनेछ । समुदायमा आधारीत मनोसामाजीक सहयोग सम्बन्धी प्रशिक्षण लिनुभएका २७ जना रेडक्रस स्वयमसेवकहरुले धुर्कोट गाउपालीकाको क्वारेन्टाइनमा रहेका र जोखिम समुदायका व्यक्तिहरुलाई कोरोना भाइरस कोभिड १९ को रोकथाम गर्न मनोसामाजीक सहयोग प्रशिक्षण दिनुभएको छ । हिजो पहिलो दिनको कार्यक्रममा धुर्कोट गाउपालीका १ नयाँगाउमा बिष्णु कडँेल , वडा नम्बर २ पिपलधारामा हरि थापा र केशवराज खनाल,वडा नम्बर ३ हाडहाडेमा चन्द्र गौतम,वडा नम्बर ४ जैसिथोकमा रिसिराम पाण्डे र भुमा थापा,वडा नम्बर ५ वस्तुमा कृष्ण प्रसाद भण्डारी , देवेन्द्र भण्डारी र सावित्रा भण्डारी, वडा नम्बर ६ रजस्थलमा कृष्ण बहादुर केसि र दुर्गा पन्थी र वडा नम्बर ७ वाग्लामा भेषराज खनाल र चिन्तामणि पौडेलले प्रशिक्षण दिनुभएको थियो । सामाजिक दुरी कायम गर्दै ,उच्च सतर्कताको साथमा गरिएको प्रशिक्षण कार्यक्रमको समन्वय नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका सभापति कृष्ण प्रसाद भण्डारीले गर्नुभएको थियो ।