राधा पोख्रेल
गुल्मी,जेठ २४- गुल्मीको धुर्कोट गाउपालीका अध्यक्ष भुपाल पोख्रेलले कोरोनालाई जित्नुभएको छ ।
जेठ ८ गते उहाँको पहिलो स्वाब परिक्षणको लागि पठाइएकामा कोरोना पुष्टि भएको थियो । जेठ १२ गते कोरोना पुष्टि भएका उहाँको जेठ १८ गते र जेठ २३ गते २ पटक स्वाब संकलन गरि पठाइएको थियो । रिपार्ट नेगेटिभ आएको हो ।अध्यक्ष पोख्रेलको सम्पर्कमा आएका १५० जनाको जेठ १८ गते स्वाब संकलन गरि पिसिआर परिक्षणको लागि पठाइएको थियो । यि सबैको रिपार्ट नेगेटिभ आएको छ । गुल्मीमा पहिलोपटक जेठ ५ गते मदाने गाउपालीकामा एक जना शिक्षकमा कोरोना पुष्टि भएको थियो । गुल्मीमा अहिलेसम्म ५ जनामा कोरोना पुष्टि भएकोमा २ जना निको भएका छन भने २ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । एक जनाको मृत्यु भएको छ ।