कृष्ण अन्जान / रुरु
गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न ३ थानपतिले सामाजिक सुरक्षा भत्ताको दोस्रो त्रैमासिकका लागि निकाशा भएको रकम बितरण गरेको छ ।
वडा भित्रका तीन पाएक पर्ने ठाउँको रुपमा केन्द्र तोकि सामाजिक सुरक्षा भत्ता बितरण गरिएको रुरुक्षेत्र ३ थानपतिका वडा सचिव बालकृष्ण गौतमले जानकारी दिनु भयो । थोर्गाको खोरबारी पोखरामा ७७ जना वडा कार्यालय भवन कोटम १ सय आठ जना र झमादि ओखलढुँगामा ४४ जना गरि २ सय उन्तीस जनालाई पच्चीस लाख भत्ता बितरण गरिएको वडा सचिव गौतमले बताउनु भयो । जेष्ठ नागरिक शारिरिक अपाँग तथा एकल महिलाका लागि भत्ता बितरण भएको र अहिले छुटेकालाई वडा कार्यालयबाट भत्ता उपलब्ध गराईने व्यवस्था मिलाईएको छ । स्वास्थ मापदण्ड कायम राख्दै सामाजिक सुरक्षा भत्ता बितरण गरिएको बताइएको छ ।