सुरेश थापा
गुल्मी ,असोज २ –
आज देखि संविधान दिवस तथा राष्ट्रिय दिवसको कार्यक्रम सुरु भएको छ ।
यसै अवसरमा गुल्मीको सत्यवति गाउपालीका ले बृक्षारोपण गरेको छ ।

सत्यवती गाउँपालिकाको वडा नंम्बर ५ को खैरेनी देखि वडा नंम्बर ४ को नादेवा लगाएतको स्थानमा अमला, तेजपात लगायतका विरुवा रोपिएको हो ।

गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल, उपाध्यक्ष सुवर्ण शाहि शेर्चन, प्रशासकिय अधिकृत यादव भण्डारी, वडा नंम्बर १ का वडा अध्यक्ष भिमलाल पाण्डे, वडा नंम्बर ५ का ओम प्रकाश भण्डारी, वडा नंम्बर ६ का का छविलाल भट्टराई, इलाका प्रहरी कार्यालयका प्रमुख नागेन्द्र मल्लाह, चेम्वर अफ कमर्शका अध्यक्ष युवराज न्यौपाने, गाउँपालिकाका कर्मचारी, व्यापारी, संघ संस्थाका सदस्यहरु विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

भोली दिवसको दिन बिहान १० बजे गाउपालीकाको सभाहल अरुङगा बजार खैरेनीमा सत्यवति गाउपालीकाका सबै माध्यमिक बिद्यालयका तर्फबाट २ जना बिद्यार्थी १ जना छात्र र १ जना छात्रा सहभागि हुने गरि नेपालको सबिंधान मौलिक हक र नागरिक कर्तव्य बिषयक वतृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ ।
यस्तै दिउसो १ बजे मुल समारोह समितिका प्रतिनिधिहरु , राजनैतिक दलमा प्रमुख तथा प्रतिनिधी, राष्ट्रसेवक कर्मचारी एवम् शिक्षकहरु ,सामाजिक संघ सस्था, क्लव, समुह,सहकारी आलिका पदाधिकारी , नागरिक समाज,पत्रकार ,उद्योगि व्यवसायी, समाजसेबि लगायत सम्पुर्णलाई उपस्थित हुन भनिएको छ ।
सोहि अवसरमा नेपालको सविंधान ,स्थानिय तहको अधिकार र नागरिक कर्तव्य बिषयक अन्तरक्रिया र बिचार आदान प्रदान हुनेछ ।
यस्तै असोज ३ गते भोली साझ सबै कार्यलय र आम नागरिकको घरघरमा दिपावली गरिनेछ ।