सुरेश थापा
गुल्मी,जेठ ३२ – गुल्मीको सत्यवती गाउपालीकामा पहिलो पटक पिसिआर परिक्षणको क्रममा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गाउपालीकामा भारतबाट आएका ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । वडा नम्बर १ का २ जना र वडा नम्बर ६ र ७ का १,१ जना गरि ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको गाउपालीकाका स्वास्थ्य शाखा प्रमुख सुर्य बहादुर रानाले जानकारी दिनुभयो । वर्ष २१, २६,२९ र ३४ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उहाले बताउनुभयो ।