राधा पोख्रेल/श्रृंगा
गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
पिसिआर बिधिबाट गरिएको परिक्षणको क्रममा ३ जना र एन्टिजेन विधिबाट गरिएको परिक्षणमा १ जना गरि ४ जनामा कोरोना पुष्टि भएको हो । रेसुंगा नगरपालीकामा १ जना ,मालीका गाउपालिकामा १ जना ,मदाने गाउपालिकामा १ जना र रुरुक्षेत्र गाउपालीकामा १ जना ग।ि गरि ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । संक्रमण पुष्टि हुनेमा २ जना पुरुष र २ जना महिला रहेको छन । योसँगै जिल्लामा संक्रिय संक्रमितको संख्या १७ जना पुगेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । केहि दिन देखि संक्रमितको संख्या शून्य रहेको गुल्मीमा गत मंगलबार थप १२ जनामा कोरोना देखिएको थियो । त्यसपछि जिल्लामा कोरोना संक्रमितहरु बढिरहेका छन ।