राधा पोख्रेल
असार ९, तम्घास – गुल्मीमा पछिल्लो २४ घण्टामा ३८ जनामा संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षण गर्दा ३ जना र एन्टीजेन परिक्षण गर्दा ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । धुर्कोट गाउपालीकामा ९ जना,मुसिकोट नगरपालीकामा ९ जना,रुरुक्षेत्र गाउपालीकामा ७ जना, रेसुंगा नगरपालीकामा ५ जना, छत्रकोट गाउपालीकामा ३ जना,गुल्मीदरबार गाउपालकिामा २ जना, सत्यवति गाउपालीका, इस्मा गाउपालीका र मालीका गाउपालीकामा १–१ जना गरि ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४घण्टामा ३१ जना निको भएर डिस्चार्ज भएका छन । जिल्लामा संिक्रय संक्रमित २४८ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ८९ जनाले ज्यान गुमाएका छन ।