राधा पोख्रे्रल गुल्मी
गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ६५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । १ सय ३१ जनाको परिक्षण गर्दा ६५ जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि हुनेमा छत्रकोट गाउपालिकामा ३६ जना, रुरुक्षेत्र गाउपालिकामा ९ जना, सत्यवति गाउपालिकामा ७ जना, धुर्कोट गाउपालिकामा ५ जना, रेसुंगा नगरपालिकामा ५ जना, इस्मा गाउपालिकामा २ जना रकालीगण्डकी गाउपालिकामा १ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जसमध्ये ३५ जना पुरुष र ३० जना महिला रहेको छन । यो सगै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ६ सय ९४ पुगेको छ ।