अनिल खत्री
१ बैशाख, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा चलेको गुल्मी सांस्कृतिक तथा पर्यटन महोत्सब एबम ब्यापार मेला सम्पन्न भएको छ । मेलामा १० करोड बढिको कारोबार भएको मेल मुल आयोजक सह–संयोजक नवराज भुसालले बताए ।
सदरमुकाम तम्घासमा ११ दिन सम्म चलेको महोत्सवमा १० करोड बढिको कारोबार भएको भुसालले बताए । मेलामा झण्डै १ लाख दर्शकले मेला अबलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवमा गुल्मी जिल्लामा उत्पादन भएका बिभिन्न बस्तुहरुसँगै बिभिन्न औधोगिक क्षेत्रबाट उत्पादिन बस्तुहरु पनि प्रर्दशन तथा बिक्रीमा राखिएको थियो ।
जिल्लामा रहेको गुल्मी चेम्बर अफ कमर्शले चैत २० गते देखी ३० गते सम्म महोत्सव आयोजना गरेको थियो । महोत्सवको ‘गुल्मीको संमृद्धिका मुख्य आधार, संस्कृति, संरक्षण एवं पर्यटन विकासमा पुर्वाधार’ भन्ने नारा तय गरिएको थियो । मेलाको प्रदेश नम्बर ५ का बिशेष अधिकार समिति सभापति कमलराज श्रेष्ठले समापन गरेका हुन् ।
समापन कार्यक्रममा बोल्दै सभापति श्रेष्ठले मेला महोत्वले सबै क्षेत्रलाई फाइदा मिल्ने बताए ।
महोत्सवबाट बचत भएको रकम मध्ये ४० प्रतिशत सामाजिक कार्यमा र अरु ६० प्रतिशत संस्थागत बिकासमा खर्चिने महोत्सव मुल आयोजक समिातिका संयोजक युवराज न्यौपानेले बताए ।
महोत्सवलाई प्रभावकारी फरक बनाउनको निम्ति ७० वर्ष भन्दा माथिका बृद्धहरुलाई महोत्सव स्थल भित्र निशुल्क प्रबेशमा दिइएको थियो । बिद्यार्थी अपाङ्ग र एकल महिलाहरुलाई पनि प्रबेश टिकटमा ४० प्रतिशत छुट दिइने व्यवस्था मिलाइएको थियो ।
मेलामा २ सय ३० वटा स्टल रहेका थिए । स्टलहरु मध्ये जिल्ला भित्र रहेका १२ वटा स्थाििनयत तहबाटै बिभिन्न उत्पादनहरु प्रर्दशन गरिएको थियो । स्टलहरु मध्ये कृषिलाई उच्च प्रथामिकता दिएर महोत्वमा ल्याइएको स्टल संयोजक प्रकाश बुढाथोकीले बताए ।
महोत्सवमा कृतिम माला, खादा र अतिथिलाई प्रयोग गरिने ब्याच निषेध गरिएको थियो ।
महोत्सव सम्पन्न गर्न १२ वटा संस्था मिलेर सम्पन्न गरेका छन् । महोत्सवबाट बाह्रामा गएको हावा हुरी पिडितलाई १ लाख सहयोग दिने घोषण समेत गरेका छन् ।