
जेठ ४
चन्द्रकोट गाउँपालिका गुल्मीले निशुल्क बृहत स्वास्थ्य शिबिरको आयोजना गरेको गरेकको छ ।
गाउँपालिकाको जनप्रतिनिधी निर्वाचित भएको दिनको अवसरमा आज बिहान ८ बजे बाट निशुल्क बृहत स्वास्थ्य शिबिर सुरु भएको हो । शिबिरमा करिब एक दर्जन बढी बिभिन्न रोगका बिशेषज्ञ डाक्टरहरुले शिबिरमा सेवा दिने र गत बर्ष देखि नै नीति तथा कार्यक्रमा समाबेस गरि बार्षिकरुपमा शिबिरबाट सेवा दिन लागेको गाउँपालिका अध्यक्ष युवराज केशी रुरु एफ एम संगको कुराकानीमा बताउनु भयो । उहालेले जटिल समस्या देखिएका बिरामीको थप उपचारको लागि गाउँपालिकाले सहजिकरण गर्ने बताउनु भयो ।
गाउँपालिकामा अहिले दर्जन बढी बिभिन्न रोगका बिशेषज्ञ डाक्टरहरु बाट सेवा सुरु भएको छ । निशुल्क बृहत स्वास्थ्य शिविरमा स्थानियको उल्यख्य सहभागिता रहेको छ ।