छत्रकोट गाउँपालिकाले बिध्यालय ब्यवस्थापन समिति गठनको लागि स्थानिय मनोनित गरेको बिषयले नयाँ मोड लिदै
असार १५
Adobe Scan Jun 29, 2025 (1)

छत्रकोट गाउँपालिका गुल्मीले बिद्यालय ब्यवस्थापन समिति गठनको लागि स्थानिय समजसेवी मनोनित गरेको बिषयले अहिले चर्चा पाएको छ ।
गाउँपालिकाको शिक्षा ऐन अनुसार गत जेठ १० गते शिक्षक सरुवा गरिए पछि यस बिषयमा पनि चर्चा सुरु भएको हो । उक्त शिक्षा ऐन अनुसार सरुवा गरिएका एक शिक्षकको सरुवाका बिषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिए पछि यो बिषय झन पेचिलो बनेको हो ।
यसै सरुवाको बिषयमा अन्य केही शिक्षकले पनि मुद्दा दिएका छन । यस बिषयमा गाउँपालिकाले केहि धारणा नबनाएको गाउँपालिकाका प्रबक्ता गुणाकर ज्ञवालीले केही दिन पहिले रुरु एफ एमलाई जानकारी दिनु भएको थियो ।
आज रुरु एफ एम संगको कुराकानीमा शिक्षा बिकास तथा समन्वय ईकाई गुल्मीका ईकाई प्रमुख थानेश्वर घिमिरेले बिद्यालय ब्यवस्थापन समिति गठनको लागि स्थानिय समजसेवी मनोनित गर्नु कानुनसंबत नभएको र मुद्दा परे बदर हुने बताउनु भएको थियो । अब यो बिषय नैतिकता र प्रतिष्ठाको बिषय बन्ने देखिन्छ भने, नेत्रृत्वको निर्णयमा पनि प्रश्न उठ्ने छ । यसै बिषय संग सम्बन्धित कुराकानी रुरु एफ एमको फेसबुक पेजबाट सुन्न सकिन्छ ।