छत्रकोट गाउँपालिका गुल्मीको आगामी आर्थिक बर्ष २०८२/८३ को नीति तथा बजेट बहुमतबाट पारित
असार १०
छत्रकोट गाउँपालिका गुल्मीको आगामी आर्थिक बर्ष २०८२/८३ को नीति तथा बजेट बहुमतबाट पारित भएको छ ।
२० औं गाउँसभाको दोस्रो बैठकमा आज पालिका अध्यक्ष रामप्रसाद पाण्डेयले आगामी बर्षको नीति पारित गर्न प्रस्तुत गर्नु भएको नीति र गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले पेश गर्नु भएको ५८ करोड ८५ लाख १६ हजार २ सय रुपैया बराबर बजेट बहुमतबाट पारित भएको हो ।

यस बर्षको बजेटमा पनि पूँजीगत भन्दा चालु खर्च धेरै रहेको छ । पूँजीगत तर्फ २० करोड ३ लाख २२ हजार रुपैया बिनियोजन गरिएको छ भने, चालु तर्फ ३८ करोड ८१ लाख ९४ हजार २ सय २७ रुपैया बिनियोजन गरिएको छ ।
बजेटमा बिभिन्न मोटर बाटोको स्तरोन्नती, मोटर बाटो कालोपत्रे, लगायतका पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि गरि, पूँजिगत चालु खर्च प्रस्तुत गरिएको छ ।
लक्षित बर्ग, न्यूनतम बिद्युत महसुल अनुदान, नियमानुसारको निशुल्क एम्बुलेन्स सेवा, उखु,सुन्तला प्रवर्दधन संगै अलैची,चिया, आलु पकेट क्षेत्र लगायत बिद्यार्थी शिक्षक सम्मान प्रोत्साहन, महोत्सब लगायतका कार्यक्रमले निरन्तरता पाएकाछन ।
यस्तै महत्वकांक्षि देखिने क्रिकेट प्राक्टिस,औषधी गुण भएका बिरुवाको अध्यन,ट्रिहाउस,साईकिलिङ्ग,जेष्ठ नागरिक आवास गृह, मगर भाषा सिकाई केन्द्र लगायतकामा पनि यथेष्ट रकम बिनियोजन गरिको छ ।
बिगतमा पनि यस्तै प्रकृतिका कार्यक्रममा रकम बिनियोजन गरि रकमान्तर गरिएको थियो भने नीति तथा कार्यक्रम सार्वजनिक गर्दा स्थानिय र मिडियाको ध्यान आकर्षित गर्ने तर कार्यान्वयन प्रभाबकारी देखिएको थिएन।