
असार १०
छत्रकोट गाउँपालिका गुल्मीको आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट बहुमतबाट पारित भएको छ ।
गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले १८ औं सभाको आज बसेको दोस्रो बैठकमा पेश गर्नु भएको ५५ करोड ३६ लाख ५ सय २३ रुपैया बराबर बजेट बहुमतबाट पारित भएको सभाध्यक्ष राम प्रसाद पाण्डेयले घोषणा गर्नु भएको हो ।
यस बर्षको बजेटमा पनि गाउँपालिकाको प्रशासकिय भवन निर्माण, बिभिन्न मोटर बाटोको स्तरोन्नती, मोटर बाटो कालोपत्रे, जीपलाईन निर्माण, खज्र्याङ्गको स्वास्थ्य चौकीको पूर्णता, लगायतका पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि गरि, पूँजिगत तर्फ १८ करोड ३६ लाख २५ हजार र चालु तर्फ करिब ३६ करोड ९९ लाख ६५ हजार २५ रुपैया बिनियोन गरिएको छ ।
चालु आबको तुलनामा आगामी आबको बजेटमा चालु खर्च बढाईएको छ, पूँजिगत तर्फ घटाईएको छ ।
चालु आबको लागि तयगरिएका र रकम बिनियोजन गरि कार्यान्वन नभई रकमान्तर गरिएका, उद्यमी ब्याज अनुदान, कृर्षक पेन्सन प्रोत्साहन, उत्पादनमा आधारित अनुदान, कृषि बाली बिमा, बाँझो जग्गा ब्यवस्थापन, कृषि बजारिकरण लगायतका शिर्षकमा पूनः रकम बिनियोजन गरिएको छ ।
लक्षित बर्ग निशुल्क बिद्युत मिटर जडान, न्यूनतम बिद्युत महसुल अनुदान, नियमानुसारको निशुल्क एम्बुलेन्स सेवा, उखु,सुन्तला प्रवर्दधन, बिद्यार्थी शिक्षक सम्मान प्रोत्साहन, उखु महोत्सब लगायतका कार्यक्रमले निरन्तरता पाएकाछन ।
त्यस्तै स्थानिय पाठ्यक्रमको पुस्तक छपाई निशुल्क उपलब्ध गराउने, समायोजन भएका बिद्यालयका बालबालिकाको लागि निशुल्क यातायतको ब्यवस्था, टमाटर क्याचअप उद्योग संचालन, रिटर्नीलाई उत्पादनमा जोड्ने, स्मार्ट आमा कार्यक्रम जस्ता नयाँ कार्यक्रममा पनि बजेट बिनियोजन गरिएको छ ।
सभामा बजेटका बारेमा बोल्दै सभासद शेर बहादुर राकसकोटीले साना योजनामा मसलन्द खर्च राख्न माग गर्नु भएको थियो । अर्का सभासद केशबराज कडेलले उत्पादन संगै सिंचाई पनि बजेटमा जोडिनु पर्ने र बिभिन्न ब्यक्तिले बिभिन्न प्रयोजनको लागि पालिकालाई निशुल्क उपलब्ध गराएका जग्गाको सहि सदुपयोगको लागि पनि बजेटको ब्यवसस्था गर्न आग्रह गर्नु भयो ।
आजकै सभामा न्यायिक समितिका सदस्य तथा वडा नं. ६ का वडा अध्यक्ष नारायण रेस्मीले न्यायिक समितिको प्रतिबेदन प्रस्तुत गर्नु भयो । प्रतिबेदनमा १७ वटा मुद्दा आएकोमा ९ वटामा मेलमिलप भएको, एउटा अदालत गएको, एउटा सम्पर्कमा नआएको, २ वटा आआफ्नै अडानमा रहेको र ४ वटा प्रक्रियामा रहेको उल्यख छ ।
उपाध्यक्ष ज्ञवालीले गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्ताब कार्यान्वयन गर्न बनेको बिद्येयक, लेखा समितिका संयोज शेर ब राकसकोटीले मलेपको बेरुजु औंल्याएको लेखा समितिको प्रतिबेदन, आर्थिक समितिका संयोजक एवं वडा नं. ३ का अध्यक्ष तेजकान्त अर्यालले, चालु आबको ब्याय बिवरण र राजस्व परामर्स समिति सदस्य कमला ज्ञवालीले पेश गर्नु भएको आर्थिक ऐन पनि पारित भएको छ । छत्रकोट गाउँपालिकाको १८ औं अबिधेशनको तेस्रो बैठ १७ गते बस्ने गरि स्थगित भएको छ ।