कृष्ण अन्जान
बैशााख २४
रुरुक्षेत्र गाउँपालिका
रुरुक्षेत्र गाउँपालिका भित्र पर्ने तालखोला क्षेत्र कुनै जमानामा थकालि समुदायको बाक्लो ब्यापारिक वस्ति थियो ।पहिले सडक सन्जाल नहुँदा यहि बाटो भएर ढोरपाटन बुर्तिबाँग वामिटक्सार लगाएत बाग्लुँग रोल्पा डोल्पा लगाएतका मानिस हरु औहोर दोहोर गर्थे लाहुरे नुन लिन जाने भरिया बोक्ने हरुको बास बस्ने ठाउँ यहि तालखोला क्षेत्र थियो । खुत्का भँगेर डाँडा क्षेत्रमा दुइदर्जन भन्दा वढि थकालि समुदायका होटलहरु थिए र ति होटलहरु भएका घरक अवशेष हरु अझैपनि देख्न पाइन्छ । तालखोला क्षेत्रमा मिठो सफा खाना खाजा पाइने बास बस्ने राम्रो व्यवस्था हुने भएकाले पनि लाहुरे भरिया तथा यो बाटो हिँड्ने हरुको वास वस्ने ठाउँको रोजाइ तालखोला हुने गरेको यो क्षेत्रका जानकार पुर्व शिछक कृष्ण राज ज्ञवालीले बताउनु भयो । जब तानसेन रिडी तम्घास तथा रिडी रुद्रवेणि बुर्तिबाँग मोटरबाटो खुले पछि यहाँको वस्ति उजाडियो यहाँ वस्ने थकालि समुदायको पेशा सँकटमा पर्याे र यो समुदाय यहाँबाट वसाइ सर्न बाध्य भयो ।
२०४२ साल सम्म त हामि जेन तेन तालखोलामा धानियौँ त्यसपछि रुद्रवेणि र पछि पोखरा तर्फ लाग्यौँ तालखोलाका पुर्व वासिन्दा राम लालचनले बताउनु भयो । २०४२ साल पछि यो छेत्र पुरै सुन्य रह्यो खोलसा खेत हुने हरु यो खेतिपाती गर्न गएपनि या छेत्र पुरै सन्नाटामा रह्यो , तर पालो फर्किन्छ करिब तिन दशक पछि तालखोला छेत्र फेरि गुलजार बन्न थालेको छ ्र भँगेरडाँडा छेत्रमा नेपाल सरकारको पहलमा आर्थिक वर्ष २०७०र०७१ मा कफि अनुसन्धान केन्द्र बनेपछि यो छेत्रको स्वरुप मात्र होइन आमुल परिवर्तन भएको छ ।रुरु १को रातामाटा बुढाआँप जिमिरखर्क हुँदै भँगेरडाडा सम्म सडक पुगेको छ भने यहि तालखोला छेत्रबाट चौतारा बलेटक्सार ् ग्वादि रिमुवा .तालखोला ओखल ढँुँगा लामाखर्क बलेटक्सार .तालखोला चौर जोडने सडक निर्माण भएका छन भने रातमाटा देखि कफि अनुसन्धान केन्द्र सम्म पुग्ने सडक कालोपत्र गर्ने तयारीमा भइरहेको छ । लामो समय सुन्य रहेको यो तालखोला छेत्रमा आवत जावत पनि वढेको यहाँ रिसोर्ट सन्चालन गर्दै आएका निरन्जन गेवाली बताउनु हुन्छ । कफि अनुसन्धान केन्द्रका सुविधा सम्पन्न भवन हरु बने सँगै यस छेत्रको रामपुर भँगेरडाँडा तालखोला छेत्रमा गाउबाट बसाइ सरेर आऊने घरबनाउने हरु पनि ह्वात्तै बढेपछी तालखोला छेत्रको दिन फिरेको रुरु बाट सहकर्मी कृष्ण अन्जानले समाचार पठाउनु भएको छ