काठमाडौ
असार १० ,
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको चार विधामा मनोनयनमा पर्ने खेलाडी सर्वाजनिक गरिएको छ ।
मञ्चले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा पर्ने खेलाडी तथा प्रशिक्षकको नामवली सार्वजनिक गरिएको हो ।
खेलकुद अवार्डको १६ औ संस्करण आगामी असार १७ गते आयोजना हुदैछ । यस पटकको अवार्ड कार्यक्रममा ९ विधाका खेलाडी र खेलकर्मीसहित एक जना अन्तराष्ट्रिय खेल पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेट तर्फ पारस खड्का, सोमपाल कामी रहेका छन् भने गल्फ तर्फबाट शुक्रबहादुर राई, जुडोको तर्फबाट इन्द्रबहादुर श्रेष्ठ, पाराग्लाइडिङ तर्फ युकेश गुरुङ रहेका छन् ।
यस्तै महिला खेलाडीमा फुटबल तर्फ सावित्रा भण्डारी, भलिबलमा सरस्वती चौधरी, क्रिकेटमा सीता रानामगर, तेक्वान्दोमा नीमा गुरुङ, जुडोमा मनिता श्रेष्ठ प्रधान लगाएत रहेका छन् । यसअघि नै पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक भइसकेको छ । यसपटक पनि उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्ने छन् । अन्य विधाका विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेट तर्फ पारस खड्का, सोमपाल कामी रहेका छन् भने गल्फ तर्फबाट शुक्रबहादुर राई, जुडोको तर्फबाट इन्द्रबहादुर श्रेष्ठ, पाराग्लाइडिङ तर्फ युकेश गुरुङ रहेका छन् ।
यस्तै महिला खेलाडीमा फुटबल तर्फ सावित्रा भण्डारी, भलिबलमा सरस्वती चौधरी, क्रिकेटमा सीता रानामगर, तेक्वान्दोमा नीमा गुरुङ, जुडोमा मनिता श्रेष्ठ प्रधान लगाएत रहेका छन् । यसअघि नै पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक भइसकेको छ ।
यसपटक पनि उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्ने छन् । अन्य विधाका विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।