राधा पोखे्रल / तम्घास
पाल्पामा आइतबार बिहान भएको सवारीसाधन दुर्घटनामा ज्यान गुमाउने ७ जनाको सनाखत भएको छ । दुर्घटनामा परि १२ जना घाईते भएका छन् । आज बिहान बुटवलदेखि शव बोकेर रिडीतर्फ आउदै गरेको बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना भएकोे हो ।मृतक ७ जनाको सनाखत भएको छ । सनाखत हुनेमा बुटवल उपमहानगरपालिका–१७, का ३० वर्षीय पशुपति रसाइली, ४० वर्षीय खुमबहादुर राना, बुटवल उपमहानगरपालिका ११ का ३२ वर्षीय विजय थापा क्षेत्री, अर्घाखाँची मालारानी–२, का २८ वर्षीय भोजेन्द्र विक, २५ वर्षीय शंकर विक, ३६ वर्षिय मोहन कुँवर र ३३ वर्षिय अर्जुन नेपाली रहेका छन् । ३५ जना मलामी रहेको उक्त बसमा रहेका अन्य घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बस सडकबाट अन्दाजि ५५ मिटर तल खसेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
