भारी वर्षा र चट्याङका कारण १३ जनाको मृत्यु ।
मंसिर ११
भारतको गुजरातमा भारी वर्षा र चट्याङका कारण १३ जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन ।
चट्याङ लागेर दाहोदमा ३ र भरुचमा २ जनाको मृत्यु भएको छ भने अहमदावाद, साबरकन्ठा, खेडा, पंचमहल, बोटाड, मेहसाना, सुरेन्द्रनगर र अमरेलीमा चट्याङ लागेर १–१ जनाको मृत्यु भएको छ । अमरेलीमा करेन्ट लागेर १६ वर्षीय बालकको मृत्यु भएको छ ।राज्यमा चट्याङका कारण पशुपन्छीको मृत्यु भएको खबर पनि आएको छ । हालसम्म ३९ जनावरको मृत्यु भइसकेको छ । खेडामा सबैभन्दा बढी १५ जनावरको मृत्यु भएको छ ।
प्रदेशका २२९ तालुकमा पानी परेको छ । ६५ तालुकमा १ इन्चदेखि ४ दशमलव ४ इन्चसम्मको वर्षा भएको छ । सुरेन्द्रनगरमा सबैभन्दा बढी ४ इन्च वर्षा भएको छ । सुरत सहरमा साढे तीन इन्च, भाभर र राधनपुरमा साढे दुई इन्च वर्षा भएको छ ।
यो बेमौसमी वर्षा भएको हो। हिउ झै अचानक भारी असिना परे पछि कृषकलाई ठूलो नोक्सान भएको अनुमान गरिएको छ, यद्दपी त्यसको विवरण भने आउन अझै बाँकी रहेको छ ।