मनभाक सामुदायिक स्वास्थ्य इकाइको नवनिर्मित भवन उद्घाटन गरियो ।
चैत २५
छत्रकोट गाँउपालिका
मनभाक सामुदायिक स्वास्थ्य इकाइको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
छत्रकोट गाँउपालिका अध्यक्ष मधुकृण पन्तले एक समारोहका बिच भवन उद्घाटन गर्नु भएको हो । सुभकामना दिदै अध्यक्ष पन्तले गुणस्तरिए र निरन्तर सेवा प्रवाह गर्न आफ्नो भवन भए पछि सजिलो हुने बताउनु भयो । स्वास्थ्यका क्षेत्रमा गाँउपालिकाले धेरै लगानि गरेको समेत बताउनु भयो ।
रैनादेबी गाँउपालिका अध्यक्ष रामबहादुर कार्कीले मनभाक सामुदायिक स्वास्थ्य इकाइ बाट रैनादेबी गाँउपालिकाका नागरिकले पनि सेवा लिने भएकोले यसको सेवाक्षेत्र र जिम्मेवारी धेरै भएकोले दुई वटै गाँउपालिकाले आवस्ययक सहयोग र निगरानी गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा उपाध्यक्ष नर्मदा भण्डारी, वडा नं. ५ का वडा अध्यक्ष कृष्ण पन्थ, रैनादेबी गाँउपालिका वडा नं. १ का अध्यक्ष सोमबहादुर दर्लामी,कार्यपालिका सदस्य रुनमाया सिंजाली, नेपाली कांग्रेसका पालिका प्रतिनिधी नारायण अर्याल,नेकपा एमालेका जिल्ला कमिटी सदस्य सरोज पाण्डेय,नेपाली कांग्रेसका वडा नं. ५ का सभापती राम प्रसाद कडेल, खर्ज्याङ्ग स्वास्थ्य चौकी प्रमुख युवराज पाण्डेय,खर्ज्याङ्ग,मनभाक अगाहा सरसफाई समिति अध्यक्ष सुनिता भण्डारी लगायतले सुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रम स्वास्थ्यकर्मी सपना टण्डनले संचालन गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता मनभाक सामुदायिक स्वास्थ्य इकाइ ब्यवस्थापन समितिका उपाध्यक्ष एवं निर्माण समितिका अध्यक्ष शेषकान्त श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा स्वास्थ्य इकाइ प्रमुख सिता ढकालले स्वागत गर्नु भएको थियो ।