जेठ १४
नेकपा माओबादी केन्द्र रुरुक्षेत्र गाउँपालिका गुल्मीले पार्टिमा आबद्ध रही सरकारी कार्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीको पार्टी सदस्यता खारेज गरेको छ ।
पार्टी अध्यक्ष नारायण पौड्यालको अध्यक्षतामा आज बसेको सचिबालय बैठकले सरकारको निर्देशन अनुसार शिक्षक तथा कर्मचारीलाई दिईएको पार्टीको बिभिन्न जिम्मेवारी बाट पनि मुक्त गर्ने निर्णय गरेको हो ।
माओबादी केन्द्र रुरुक्षेत्र गाउँपालिकाबाट शिक्षक तथा कर्मचारीको बिभिन्न संगठनमा जिल्ला सदस्य सम्मका २४ जनाको जिम्मेवारी र पार्टी सदस्यता खारेज गरेको छ । सचिबालय बैठक सचिब मेघराज गिरीले संचालन गर्नु भएको थियो । बैठकमा उपाध्यक्ष हरि ज्ञवाली, इन्चार्ज रामलाल बिक लगायतका पदाधीकारीको उपस्थिती रहेको थियो ।