रुपन्देहीको कन्चन गाउँपालिका १ कुचेरामा १७ वर्षीय सुदिप कुमाललाई आफ्नै बावुले हत्या गरेको प्रहरीले जनाएको छ ।
मंगलबार राती घरमा सुतिरहेका छोरालाई आफ्नै बावु रिमबहादुर कुमालले बन्चरो प्रहार गरी हत्या गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले जानकारी दिए । घटना राती करिब एक बजेको हो ।बन्चरो प्रहार गरी गम्भीर घाइते भएका उनको उपचारका लागि बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बावु रिनबहादुर कुमाललाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको एसपी थापाले बताए ।