रुरु गाँउपालिका गुल्मीले सत्यवती गाँउपालिका गुल्मीका पहिरो पिहित हरुको लागि राहत रकम हस्तान्तरण गरेको छ ।
रुरु गाँउपालिका गुल्मीका जनप्रतिनिधी, कर्मचारी, माध्यमिक बिध्यालय, उद्द्योग बाणिज्य संघ बलेटक्सार शाख, क्रियासिल राजनैतिक दलहरु,
सामाजिक संघ संस्था तथा समाजसेवी बाट राहत रकम संकलन गरि एकमुष्ठ रु २ लाख रुपैया रकम हस्तान्तरण गरिएको हो ।

रुरु गाँउपालिका गुल्मीका अध्यक्ष निलकण्ठ गौतमले सत्यवती गाँउपालिका गुल्मीका अध्यक्ष पारेश्वर ढकाललाई हस्तान्तरण गर्नु भएको थियो ।
राहत रकम हस्तान्तरण कार्यक्रमा बोल्दै प्रदेश सांसद कमलराज श्रेष्ठले सत्यवती गाँउपालिका गुल्मीका पहिरो पिहित हरुको समस्या दिगो
रुपमा समाधानको लागि सामाजिक मन्त्री सुदर्शन बराल र मुख्य मन्त्री शंकर पोख्रेल संग छलफल गर्ने बताउनु भएको थियो ।
सत्यवती गाँउपालिकाको दैबिक प्रकोप पिडितहरुको लागि राहत सामाग्री संकलनमा सबै एक भएर सक्दो सहयोग गर्न अग्रह समेत गरिएको छ ।
सोमबार देखि परेको अबिरल बर्षाका कारण पहिरो ग्रस्त सत्यवती गाँउपालिकामा १३ जनाले ज्यान गुमाई सकेका छन । सयौ घरबार बिहिन
भएका छन पशु चौपाय धन सम्पतीको क्षती बिवरणको लेखा जोखा छैन ।
सबै भन्दा धेरै क्षती वडा नम्बर ३ ठुलोलुमपेकमा देखिएको छ । पहिरोका कारण यातायत बिद्दुत खानेपानीको समस्या भएको गाँउपालिका अध्यक्ष
पारेश्वर ढकालले बताउनु भयो । यातायत अवरुद्ध भएका कारण खाद्दान्न अभाब भएको छ ।
वडा नम्बर ३ ठुलोलुमपेकका करिब ३०० घर बिस्थापित भएका छन । बिस्थापितहरु लाई स्थानिय बिध्यालयमा अस्थाई रुपमा बासको ब्यवस्था
गरिएको छ । तर खाद्दसामाग्री आवस्यक छ । वडा नम्बर ३ ठुलोलुमपेकमा साना ठुला गरि करिब ३ सय वटा पहिरो गएको छ ।