लायन्स क्लव गुल्मीले ग्रिनसिटी अस्पताल काठमान्डौको सहयोगमा रुरु गाउँपालिका गुल्मीमा २ दिने निशुल्क स्वास्थ्य परिक्षण एवं सल्यक्रिया सिविर सुरु गरेको छ ।
शिविरको उद्घाटन गर्दे, प्रराष्ट् मन्त्री प्रदिप ज्ञवालीले डाक्टरहरुलाई गाउँका अस्पतालमा जान आग्रह गर्नु भयो । गुल्मीमा ३ वटा अस्पताल निर्माणको लागि सरकारले निणर्य गरेको बताउनु भयो ।
https://www.facebook.com/252815958942043/videos/2253585308295302/
गुल्मीमा ३ वटा राजमार्गको लागि निणर्य भएको जसमा कालिगण्डकी करिडोरमा ४० करोड, झापा देखि डढेलधुरा जोड्ने मदन भण्डारी राजमार्ग रिडी पुर्कोट हुदै अगाडी जाने, रुद्वेणी वामी सडक स्तर उन्नतीको लागि ७२ करोड रुपैया विनियोेजन भएको बताउदै, यस क्षेत्रमा वलेटक्सार रिङ रोडको लागि ५ करोड बजेट बिनियोजन भएको र पिचको काम सुरु हुने बताउनु भयो । सिमिचौरको एयरपोर्ट वाट यसै बर्ष देखि व्यावसायीक उडान सुरु हुने बताउनु भयो । सरकार निर्माणको १ बर्षमा, परराष्ट्र सम्बन्ध सुधार, कानुन निर्माण, सुखी नेपाली समृद्द नेपालको लागि जग बसाउने महत्वपुर्ण काम भएको बताउनु भयो । प्रदेश सांसद कमल श्रेष्ठले अस्थाई सिविर नभई सामान्य स्वास्थ्य समस्याको समाधानका लागि अस्पताल बाट थाईरुपमा सेवा प्रदान हुने बताउदै, शिविर सञ्चालनले लाभ पुगेकाले आयोजक लाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । रुरु गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले आयोजकलाई धन्यवाद ज्ञापन गर्दे शिविरबाट लाभ लिन स्थानिय महानुभावलाई आग्रह गर्नु भयो । कार्यक्रममा शिविरका संयोजक भिमलाल पौडेलले स्वागत गर्नु भएको थियो । ग्रीनसीटी अस्पतालका अध्यक्ष लोक बहादुर टण्डनले शुभकामना मन्तव्य राख्दै गुल्मीका विरामीलाई स्वास्थ्य सेवामा सहयोग गर्ने प्रतिबद्दता जनाउनु भएको थियो । कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष रामहरी ज्ञवालीले गर्नु भएको थियो । कार्यक्रम कल्वका सचिव थानेश्वर ज्ञवालीले सञ्चालन गर्नु भएको थियो । निशुल्क स्वास्थ्य शिविर भोली सम्पन्न हुने छ ।