असार २
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लुम्बिनी प्रदेश सरकारले ३८ अर्ब ९७ करोडको बजेट ल्याएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका हुन् ।
यो बजेट चालु आर्थिक वर्षको बजेट भन्दा १ अर्ब ५० करोड ९७ लाखले कमी छ । प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
बजेटमा चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजिगत तर्फ २४ अर्ब ५८ करोड ५९ लाख विनियोजन गरिएको छ।