जेठ २०
हावाहुरीसहितको बर्षाले घर भत्किदा हिजो दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपर उपमहानगरपालिका वडा १२ रझेनी निवासी ७० बर्षीय भगवान खत्री रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार टिनले छाएको एक कोठे घर हिजो साँझ करिव ८ बजेतिर हावाहुरीसहित आएको बर्षाका कारण भत्किदा खत्रीको मृत्यु भएको हो ।