वैशाख १७
विगत केही दिनदेखि तापक्रम बढिरहेको छ । तराईका बिभिन्न भागहरूमा तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो आइतबार भैरहवामा सर्वाधिक गर्मी थियो । त्यहाँ अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै तराईका अन्य स्थानमा तापक्रम ४० डिग्री सेल्सियसकै नजिक रहेको छ । आगामी केही दिन देशभरको तापक्रम बढ्ने बताइएको छ ।
गर्मिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। साथै पहाडी भू-भागमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेको छ।