नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सरकार पुर्ण रुपमा असफल भएको आरोप लगाउनुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काँग्रेसको चिन्ता नलिन आग्रह गर्नुभयो।
नेपाली काँग्रेस गुल्मीले आजदेखी सुरु गरेको ऐतिहासिक प्रथम जिल्ला सम्मेलनलाई तम्घासमा सम्बोधन गर्दै नेता भण्डारीले जनता गरिव हुने, सिमित मान्छे मोटाएको मोटाई गर्ने के देश हो यो भन्दै प्रश्न समेत गर्नुभयो ।

निर्मला हत्याको हत्यारा पत्ता लगाउँन नसक्नु, सिन्डीकेट काण्ड, वाईडवडी काण्ड, एसईईका प्रश्न सुरक्षित गर्न नसक्ने त्यो सरकार फेल भईसक्यो, भण्डारीले भन्नुभयो । अवको चुनावपछि दुई तिहाई काँग्रेसको आउँने उहाँले दाबी गर्नुभयो ।, एसईईको परिक्षाका प्रश्नपत्र नै सुरक्षित राख्न नसक्ने सरकारले काँग्रेसको आलोचना गर्न पदैँन भन्नुभएको छ ।
उहाले गुल्मीको समृद्धि र विकासका लागी काँग्रेसले मात्र विकास गर्न नसक्ने बताउनुभयो। जिल्लाबाट दुई जना मन्त्री भएपनि विकास निमार्णमा कुनै काम नगरेको उहाले आरोप लगाउनुभयो ।