गुल्मी, बैशाख ०४
नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य तथा पूर्व सांसद रुद्रमणी भण्डारीको निधनप्रति ने।वि।संघ गुल्मीले शोक प्रस्ताव पारित गरेको छ ।
गत चैत्र २८ गते नेपाली काँग्रेस गुल्मीका अग्रज नेता एवम पूर्व सांसद रुद्रमणि भण्डारीको जीप दुर्घटनामा परि निधन भएको थियो । समाजवादी जिवनशैली अंगालेका ने।वि।संघका सँस्थापक केन्द्रिय सदस्य एवम पूर्व सांसद भण्डारीको निधनले ने।वि।संघलाई निकै क्षति पुगेको भन्दै ने।वि।संघ गुल्मीले उपसभापति तोमलाल पन्थीको संयोजकत्वमा शोक प्रस्ताव पारित गरेको छ ।
सादगी जिवन र उच्च नैतिकताको प्रतिक एवम प्रेरणाका श्रोत भण्डारी सहित ओस्कर वि।क। र कौसिला थापाको निधनले ने।वि।संघ गुल्मी शोकमा परेको भन्दै शोक प्रस्तव पारित गरेको वि।संघ गुल्मीका उपसभापति तोमलाल पन्थीले जानकारी दिएका छन ।
गुल्मी जिल्लामा राम्रो छवी बनाएका उनले आफ्नो कार्यकालमा प्रसंसनिय कार्य गरेको नेपाली कांग्रेसका जिल्ला नेताहरुले बताए । आफ्नो पार्टीमा मात्रै राम्रो नभइ विपक्षीहरुको समेत मनोभावना बुझ्न सक्ने नेताको रुपमा गुल्मेली जनताले पूर्व सांसद भण्डारीलाई लिएका थिए ।
चैत्र २८ गते उनी मालिका गाउँपालिकाको घमिरमा एक शोक सभा सम्पन गरि बाग्लुङ्गको शोक सभामा उपस्थित हुनका लागि लु १ ज १९५७ नम्बरको जीपमा सवार थिए । उक्त जीप मुसिकोट नगरपालिकाको वडा नम्बर १ मा दुर्घटना हुदा उनी सहित ओस्कर वि।क। र कौशिला थापाको ज्यान गएको थियो ।