तिलाचन पाण्डे बैशाख ४ , गुल्मी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय बुटवलमा गुल्मीका ७१ वटा उजुरीहरु परेको कार्यलयले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यलय बुटवलका सुचना अधिकारी शुरेस भुसालका अनुसार फागुन मसान्त सम्ममा शिक्षासंग संबन्धीत २१ वटा , संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसंग संबन्धित २२ वटा , भूमी सहकारी तथा गरिबी निवारण मन्त्रालयसंग संबन्धित २ , भौतिक पुर्वाधार तर्फ १० , बन तथा बाताबरण तर्फ २ , स्वास्थ्य तर्फ १ , गृह मन्त्रालय तर्फ १ , उर्जा जलस्रोत सिंचाई तर्फ ७ , संस्कृति तथा पर्यटन तथा नागरिक उड्यान अन्र्तगत १ , खानेपानी तर्फ १ र कृषि तथा पशुपन्छी अन्र्तगत ३ गरि कुल ७१ वटा उजुरी परेको जानकारी दिनुभयो ।
कर्मचारी नियुक्तिमा धेरै उजुरी दलिय हस्तक्षेप प्रमुख
कुल ७१ वटा उजुरी मध्ये २२ वटा कर्मचारी नियुक्तिn दलिय हस्तक्षेप लगायतका उजुरी परेको कार्यलयले जनाएको छ ।
यसै गरि शिक्षा क्षेत्रमा कुल २१ मध्ये भबन निर्माणमा अनियमितता , छात्रबृतीको रकममा हिनामिना भएको उजुरी परेको छ ।
यसैगरि भौतिक पुर्वाधार तर्फ सडक निर्माणमा अनियमितता , आर्थिक चलखेल तगायतमा १० वटा उजुरी परेको भुसालले बताउनुभयो ।
यसै गरि बिधुत्त , सिंचाई र कमसल खालका पोलहरु खरिद गरेको भन्दै ७ वटा उजुरी परेको हो ।
क्ल ७१ व्टा उजुरी मध्ये ३२ वटा उजुरीहरुको फरस्यौट भईसकेको सुचना अधिकारी शुरेस भुसालले जानकारी दिनुभयो ।