छत्रकोट गाउँपालिका गुल्मीले अपाङ्गता परिचय पत्र बितरण गरिरहेको छ ।
गाउँपालिकाको अपाङ्गता परितय पत्र बितरण कार्यबिधि २०७५ बमोजिम गठित स्थानिय समन्वय समितिको निर्णय अनुसार,अहिले सम्म अपाङ्गता परिचय पत्र नपाएका छत्रकोट गाउँपालिका बसिलाई, अपाङ्गता परिचय पत्र बितरण गरिएको हो ।

बैशाख २५ गते देखि २९ गते सम्म क,,ख,ग, र घ गरि चार प्रकारका अपाङ्गता परितय पत्र स्थानियको टोल टोलमा पुगेर परितय पत्र बितरण गरिने छत्रकोट गाउँपालिका गुल्मीका कार्यबाहक अध्यक्ष नर्मदा भण्डारीले बताउनु भयो ।
२५ गते वडा नम्बर १ र २ का लाभग्रहिलाई १ नम्बर वडाको गुङटुङ्गमा, वडा नम्बर ३ र ४ को बैशाख २६ गते हर्दिनेटा स्वास्थ्य चौकीमा, २७ गते वडा नम्बर ५ र ६ को गैरिखुट्टामा आदर्श नि मा बि प्रङ्गणमा र छुटेका सबैको २९ गते श्रृङ्गा प्रथमिक स्वास्थ्य चौकिमा बितरण गरिने प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौड्यालले बताउनु भयो ।
स्थानिय सरकारले अपाङ्गता परिचय पत्र बितरण गर्ने बर्तमान ब्यवस्था अनुसार परितय पत्र बितरण गरिएको हो । यसै परिचय पत्रका आधारमा अपाङ्गता भएका व्यक्तिहरुको बास्तबिक बिवरण संकलन गरि सुबिधा उपलब्ध गराउने दिर्घकालिन योजना छत्रकोट गाउँपालिकाको रहेको कार्यबाहक अध्यक्ष नर्मदा भण्डारीले बताउनु भयो ।