साउन १ गते बाट कार्यान्वयन हुने, आगामी आर्थिक वर्षको बजेट मध्यरातबाट नै कार्यान्वयनमा आएको छ ।
बजेटको कार्यान्वयन नेपाल आयल निगमले सुरु गरेको हो ।
अर्थमन्त्री डा युवराज खतिवडाले हिजो साझ बजेट सडक बनाउनका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ कर लगाउने घोषणा गर्नु भएको थियो।
अर्थमन्त्री खतिवडाले बजेट भाषण गरेको केहि घण्टामा नै इन्धनको मूल्ल्य समायोजन भएको सूचना प्रकाशित गरेर आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाउदै बजेटको कार्यान्वयन शुरु गरेको हो ।
निगमले मध्यराति १२ बजेबाट कार्यान्वयन हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा बढाएको छ । डिजेल र मट्टितेमा पनि निगमले १ रुपैयाँ ५० प्रति लिटरका दरले नै मूल्य बढाएको छ ।
निगमले मूल्य बढाएपछी पम्पहरुले बिहानैदेखि बढाइएको मुल्यमा बिक्रि सुरु गरेका छन ।